ट्रम्पको पुरागमनले युद्ध अन्त्य हुने जेलेन्स्कीको विश्वास

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रुससँगको युद्ध अन्त्य गर्न चाहेको बताएका छन् । उनले जनवरीमा डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रपति पदको कार्यभार सम्हालेसँगै युद्ध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ । हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ ।’

रुस र युक्रेनबिच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्प राष्ट्रपतिमा निर्वाचन भएसँगै युद्ध रोकिने विश्वास गरिएको छ । रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताएका छन् । 

एक सन्दर्भमा जेलेन्स्कीले भने, ‘रुसीहरू के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ ।’ रुसतर्फ संकेत गर्दैै उनले भने, ‘हामीले यस्तो राज्यसँग युद्ध गरिरहेका छौँ कि जसले आफ्ना जनताको कदर गर्दैन, जहाँ धेरै उपकरण छन् र कति मानिसको मृत्यु हुन्छ भन्ने कुराको वास्ता गर्दैन ।’

यसैबिच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किएभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताएका छन् । 

सुझावित समाचार