निर्मला कुर्मीलाई न्याय माग्दै कांग्रेस केन्द्रीय कार्यालयमा अधिकारकर्मी

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

सिंहदरबारबाट केही मिटरको दूरीमा रहेको माइतीघरमा ८१ दिनसम्म अनशनसहित आन्दोलन गर्दा पनि निर्मला कुर्मीको न्यायका लागि सरकारले कुनै चासो नदेखाएपछि अधिकारकर्मी रुबी खानसहितको टोलीले सोमबार न्याय माग्दै सत्तारूढ कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

हत्याको मुख्य योजनाकारको आरोप लागेका बादशाह कुर्मी कांग्रेसकै नेता तथा लुम्बिनी प्रदेश सांसद हुन् । त्यसैले, आरोपीमाथि कारबाहीको माग गरेर उनीहरूले सोमबारदेखि कांग्रेस पार्टी कार्यालयमै धर्ना थालेका हुन् ।

२३ साउनदेखि माइतीघर मण्डलामा धर्ना तथा रिले अनशन सुरु गरेका अधिकारकर्मीले प्रधानमन्त्रीनिवास बालुवाटारसम्म मार्चपासदेखि राष्ट्रपतिनिवाससम्म प्रदर्शन गरेका छन् । तैपनि उनीहरूको माग सुनुवाइ भएको छैन । 

सुझावित समाचार