पाँच दिनदेखि हराएका चौधरी इनारमा मृत भेटिए

आइतबार, ४ कार्तिक, २०८१
डिजिटल संस्करण

इनारमा डुबेको अवस्थामा एकजना पुरुष मृत फेला परेका छन् । आइतबार बिहान पौने ७ बजेतिर दाङको तुलसीपुर उपमहानगरपालिका– २ कुमलगडीनिवासी २९ वर्षीय रजमान चौधरीको शव इनारमा डुबेकाे अवस्थामा फेला परेकाे छ ।

आफ्नै घरको इनारमा डुबेको अवस्थामा चौधरी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । चौधरीकी भाउजू आँसी चौधरीले इनारबाट पानी तान्ने क्रममा चौधरी डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

खबर पाएलगत्तै घटनास्थल पुगेर प्रहरीले शव निकालेका थिए । चौधरी ३० कात्तिकदेखि घरबाट निस्केका थिए । त्यसपछि उनी सम्पर्कविहीन थिए । प्रहरीका अनुसार उनी मादक पदार्थ सेवन गर्थे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

See More On

सुझावित समाचार