ग्लोबल आइएमई बैंक र मणिपाल शिक्षण अस्पतालबिच ग्लोबल छुट सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अस्पतालले बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ । छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवा उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ ।
अस्पतालमा बैंकका ग्राहकले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैय्या शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेसन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् ।