दाउन्नेको सडक एकतर्फी खुल्यो

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा सडक भासिएपछि हिजो साँझदेखि अवरुद्ध भएको सडक आज बिहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार अवरुद्ध सडक खुलाउन रातिदेखि प्रयास गरिएको र अहिले बिहान ९ बजेबाट एकतर्फी खुलेको हो । 
 
सडक डेढ फुट तल भासिएको थियो । सडक भासिएको ठाउँमा माटो र गिटी भरेर बेस तयार गरी सडक सञ्चालन गरिएको हो । बाटो दुईतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको र आजै बाटो दुईतर्फी नै सञ्चालनमा आउने बोहोराले बताए ।
 

सुझावित समाचार