उपत्यकामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुग्यो

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

अविरल वर्षापछिको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या २३ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं र ललितपुरमा नौ/ नौजना तथा भक्तपुरमा पाँचजनाले ज्यान गुमाएका छन्।

एकजना बेपत्ता रहेको र ११ जना घाइते भएको उपत्यका प्रहरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले जनाए। ९१८ जनाको उद्वार गरिएको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार