‘प्यारेन्ट्स इन्फर्मेसन सेसन’ आयोजना हुँदै

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

अभिभावकले छोराछोरी बाहिर पठाउँदा थाहा पाउनुपर्ने सम्पूर्ण विषयमा जानकारी दिन एजुकेसन पार्कले ‘प्यारेन्ट्स इन्फर्मेसन सेसन’ आयोजना गर्ने भएको छ । सेसन ३ देखि ५ असोजसम्म दिउँसो १–४ बजेसम्म हुनेछ । 

अभिभावकले छोराछोरी बाहिर पठाउन चाहने, तर यस प्रक्रियामा आवश्यक जानकारी नहुँदा ठगिने गरेका छन् । यसैलाई ध्यानमा राखेर उक्त सेसन आयोजना गर्न लागिएको हो  ।

सेसनमा विदेशमा शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीका लागि उपयुक्त देश र विश्वविद्यालय छनोट गर्ने प्रक्रिया, त्यहाँका नियम र कानुनहरू, भिसा प्रक्रिया, बसोवासका विकल्प र पार्ट–टाइम जागिरका अवसरको जानकारी दिइनेछ । यसैगरी, आर्थिक योजना र छात्रवृत्तिको विषयमा पनि विस्तृत छलफल हुने एजुकेसन पार्कले जनाएको छ ।

संस्थाका संस्थापक भोजराज पाण्डेले पछिल्लो समयमा सन्तान बाहिर पढ्न पठाउँदा अभिभावकको भूमिका कम देखिँदै गइरहेकाले र त्यसले गर्दा विभिन्न समस्या निम्तिने घटना बढेकाले गर्दा यस्तो नहोस् भन्नका लागि सेसनको आयोजना गरिएको बताए । 

See More On

सुझावित समाचार