गण्डकीमा मन्त्रालयको संख्या नौवटा बनाउने तय भएसँगै आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । एमालेले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएसँगै आज मन्त्रिमण्डल विस्तार हुने भएको हो।
एमालेले को-को मन्त्री हुने भन्ने सार्वजनिक भने गरेको छैन। एमालेका एक प्रदेश सभा सदस्यका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी र बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने भएका हुन् ।
पार्टी अध्यक्ष केपी ओलीलाई आइतबार संसदीय दलका नेता खगराज अधिकारीले भेटेपछि मन्त्री बन्नेहरूको नाम टुंगो लागेको हो । उनीहरूको शपथ आज १ बजे प्रदेश प्रमुखको निवासमा गर्नै तयारी छ ।