मुकुल ढकाललाई स्पष्टीकरणको अन्तिम मौका दिने रास्वपाको निर्णय

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण
मुकुल ढकाललाई स्पष्टीकरणको अन्तिम मौका दिने रास्वपाको निर्णय

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई स्पष्टीकरणको अन्तिम मौका दिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई स्पष्टीकरणको अन्तिम मौका दिने निर्णय गरेको हो।

‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुकुल ढकाललाई पार्टी विधानको धारा ५६(४) बमोजिम अन्तिमपटक स्पष्टीकरणको मौका दिने,’ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको थियो।

सुझावित समाचार