इजरायली राजदूतसँग आधुनिक कृषिबारे छलफल

सोमबार, ३२ असार, २०८१
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघमातहतको युवा उद्यमी मञ्चले नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गरसँग अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा छलफल गरेको छ । मञ्चले जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडसँगको सहकार्यमा राजदूत गोल्डबर्गरको उपस्थितिमा अर्गानिक कृषिको सम्भावना तथा फाइदाका विषयमा छलफल गरेको हो ।

सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमित वर्षाका बाबजुद आफ्नै देशमा पर्याप्त खाद्यान्न उत्पादन गर्न सफल मात्र नभई निर्यातसमेत गरिरहेको बताएका थिए । इजरायलले प्रयोग गरेका आधुनिक कृषि प्रणालीका विषयमा जानकारी गराउँदै उनले नेपाली उद्यमीलाई भारतका कृषि केन्द्रको भ्रमण गरी उन्नत कृषिबारे ज्ञान प्राप्त गर्न आग्रहसमेत गरेका थिए । 

कार्यक्रममा गोल्यान ग्रुपमा अध्यक्ष पवन गोल्यानले कृषि उद्यमीका लागि लगानी, साझेदारी तथा उत्पादन खरिदका अवसरका विषयमा जानकारी गराएका थिए भने युवा उद्यमी मञ्चका अध्यक्ष अनुराग गोयलले कृषि क्षेत्रमा नवप्रवर्तन र विकासलाई प्रवद्र्धन गर्न मञ्चले आफ्नो तर्फबाट सक्दो सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

See More On

सुझावित समाचार