नारायणी नदीमा अहिलेसम्म पाँच जनाको शव फेला, दुई जनाको सनाखत हुन बाँकी

आइतबार, ३१ असार, २०८१
डिजिटल संस्करण

नारायणी नदीमा अहिलेसम्म पाँच जनाको शव फेला परेको छ । फेला परेका मध्ये दुई जनाको सनाखत हुन बाँकी छ । आज थप दुईजनाको शव फेला परेको हो ।

नवलपुरको गैँडाकोट-७ गैरी स्थित नारायणी नदीको बीचटापुमा एकजनाको र चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा एकजनाको गरी दुईजनाको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।

आज फेला परेका दुवै शव त्रिशूलीमा खसेका बसमा सवार यात्रुको भएको हुन सक्ने आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार बालुवाले पुरी ढाड मात्र देखिएको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ ।

शवको मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीले जनाएको छ । यता, चितवनको राप्ती र नारायणी नदीको दोभान गोलालघाटमा पनि एकजनाको शव भेटिएको छ।

यसअघि हिजो गोलालघाटमा एकजना र गैँडाकोट-७ गैरीमा दुईजनाको शव फेला परेको थियो । उनीहरू तीनैजना त्रिशूलीमा खसेका बसमा सवार यात्रुहरू रहेको पुष्टि भइसकेको छ ।

See More On

सुझावित समाचार