दाङमा बाघको आक्रमणबाट तीनजना घाइते

सोमबार, २४ असार, २०८१
डिजिटल संस्करण

दाङमा बाघको आक्रमणबाट तीनजना घाइते भएका छन्। सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका तीनजनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार तुलसीपुर– ९ बेलुवानिवासी ४५ वर्षीया कमला केसी, सोही ठाउँकी ५३ वर्षीया सीताकुमारी भण्डारी र सोही ठाउँकी १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन्।

केसीको दुवै हातमा  सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
 

सुझावित समाचार