ब्राउनसुगरसहित दुईजना पक्राउ

शुक्रबार, ८ असार, २०८१
डिजिटल संस्करण

झापामा ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका– १ स्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय  जुलमात हुसेन र साइकलको पछाडि बस्ने वर्ष २० वर्षीय तोसिफ आलम छन् । प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्दा उनीह?को साथबाट लागुऔषध ब्राउनसुगर १७ ग्राम २२० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

सुझावित समाचार