दाङमा बुधबार राति आएको हावाहुरीले विद्यालयको छाना उडाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ स्थित भद्रकाली प्राविको टिनको छाना उडाएको हो ।
विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । राति दुई कोठे भवनको छाना उडाएको विद्यालयका प्रधानाध्यापक दोर्ण देवकोटाले बताए । उनका अनुसार छाना उठाउँदा कक्षा ४ लाई अर्कै कक्षामा राखेर पठनपाठन थालिएको छ । ‘विहान अलिकति मर्मत गरिएको हो, त्यसमा पनि जोखिम त कायमै छ’,उनले भने, ‘दुई कोठे भवनका जस्ता उडाएको हो, त्यसमा कक्षा ४ लाई बढि प्रभावित बनाएको छ ।’ कक्षा ५ सम्म संचालित उक्त विद्यालयमा ५० जना विद्यार्थी छन् ।
त्यस्तै हावाहुरीले तुलसीपुर ८ स्थित मावि अस्वाराको ८ कोठे भवनको भर्याङमा लगाएको जस्तापाता पनि उडाएको छ । ठाउँ–ठाउँमा रुख ढलेर सडकसमेत अबरुद्ध भएको छ ।