दुधको भुक्तानी माग्न काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान आइपुगेका किसानमाथि प्रहरीले धरपकड गरेको छ । बुधबार बिहान ८ बजे दुग्ध विकास संस्थान डिडिसीको परिसरमा धर्ना दिन आएका देशैभरिका करिब चार सय किसानमाथि प्रहरीले धरपकड गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।
उनीहरूलाई पक्राउपछि सोह्रखुट्टे प्रहरी चौकी लगिएको र पछि कालीमाटी पुर्याइएको बगालेले बताए । यसअघि देशैभरि किसानहरूले दुधको भुक्तानीको माग गर्दै सडकमा दुध पोखेका थिए । भुक्तानीको माग गर्दै प्रधानमन्त्री र कृषिमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।
सरकारले किसानकाे कुरा नसुनेपछि आफूहरू बाध्य भएर धर्नामा आउनुपरेको बगालेले बताए । डिडिसीले किसानलाई करिब दुई अर्ब रकम भुक्तानी दिन बाँकी रहेको जनाइएको छ