ग्लोबल आइएमई बैंक र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । बैंकका कर्मचारी तथा ग्राहकलाई गुरु ट्राभल्सका विभिन्न ट्राभल प्याकेजमा रु. १० हजारसम्मको स्पेसल डिस्काउन्टका साथै अन्य विभिन्न आकर्षक सुविधा उपलब्ध गराइने सहमतिपत्रमा उल्लेख छ ।
त्यस्तै, गुरु ट्राभल्सका कर्मचारी एवं ग्राहकले पनि बैंकमा ट्राभल कार्ड तथा डलर कार्ड खरिदमा रु. पाँच सयबराबरको स्पेसल डिस्काउन्टलगायत अन्य विविध सेवामा अफर प्राप्त गर्ने जनाइएको छ ।