एनआइसी एसिया लघुवित्तले आयमूलक तालिम सञ्चालन गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष ०८१/८२ देखि विशेष गरी न्यून आय भएका महिलालाई लक्षित गरी महिला सदस्यको आर्थिक, सामाजिक, शैक्षिकका साथै उद्यमशीलताको विकास गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ योजना बनाई विभिन्न आयमूलक तालिम सञ्चालन गर्ने लक्ष्य लिएको हो ।
सीप, तालिम, उद्यमशीलताको विकास तथा महिला सदस्यको व्यक्तित्व विकास गर्ने यो तालिम सञ्चालन गर्न लागिएको हो । संस्थाको लक्ष्यअनुसार महिला सदस्यलाई देशका विभिन्न भौगोलिक क्षेत्रमा गई तालिम प्रदान गर्न अनुभवी तथा दक्ष प्रशिक्षक छनोट गरी रोस्टर निर्माण गर्ने कार्य भइरहेको संस्थाले जनाएको छ ।
साथै, इच्छुक व्यक्ति, संघ–संस्थाले यस एनआइसी एसिया लघुवित्तको कर्पोरेट कार्यालय बनेपा तथा सम्पूर्ण शाखा कार्यालयमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ।