नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २४६औँ सञ्चालक समितिको बैठकबाट थापा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
अध्यक्ष चयन भएसँगै उनले डेपुटी गभर्नर बमबहादुर मिश्रसँग शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकभित्र हालै गरिँदै आएको प्रतिनिधित्वसमेत परिवर्तन भएको बताइएको छ ।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थापासँग राष्ट्र बैंकको विभिन्न विभागमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । एनसिएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।