कप्तान रोहित पनि पेभेलियन फर्किए, नेपाली ब्याटिङ धरासायी

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

कप्तान रोहितकुमार पौडेल आउट भएसँगै आइसिसी टी–२० विश्वकप प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली ब्याटिङ पूरै ध्वस्त भएको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी खेलमैदानमा नेदरल्यान्ड्सका बलरहरुका अगाडि नेपाली ब्याटर टिक्न सकेनन् । कप्तान रोहितले ३६ बलमा ३५ रन बनाएर संघर्ष गरे पनि अन्य ब्याटरले उल्लेख्य योगदान गर्न सकेनन्। 

टिमको स्कोर १६औँ ओभरमा ८४ रन हुँदा नेपालले आफ्ना सबैभन्दा भरपर्दा ब्याटर कप्तान रोहितलाई गुमायो।

त्यसअघि आसिफ चार, कुशल भुर्तेल सात, अनिल साह ११, कुशल मल्ल नौ, दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रनमा आउट भए।
 

सुझावित समाचार