लहानमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– १८ शोभापुर गाउँकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।  लहान– १८ शोभापुर र १४ नम्बरमा पर्ने बस्तीपुरको सीमामा पर्ने खुट्टी खोलामा गिटी चाल्दै गरेकी शोभापुर गाउँकी करिब ४१ वर्षीया हसिरन खातुनको बिहीबार साँझ करिब साढे पाँच बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार खातुनसँगै गिटी चाल्दै गरेका उनकी श्रीमान् करिब ४५ वर्षीय मो. फर्मुद चट्याङ लागेर घाइते भएका छन् । घाइते फर्मुदको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार गरिएको उनले बताए । उनका अनुसार मृतक खातुनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । 

See More On

सुझावित समाचार