आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता तयारीको आफ्नो अन्तिम अभ्यास खेल नेपालले आज राति अमेरिकासँग खेल्दै छ। अमेरिकाको डलासमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ।
यसअघि भएको अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो। त्यसैगरी अमेरिकाले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध तीन खेलको शृंखला २–१ ले जितेको थियो।
विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते खेल्नेछ। जेठ २९ गते श्रीलंकासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ। त्यस्तै, नेपालले आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ।