पर्यटन प्रवर्द्धन गर्न कालापत्थरमा रेस्लिङ

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात् ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटर उचाइमा रहेको कालापत्थरमा रेस्लिङ खेल सम्पन्न भएको हो ।

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना भएको हो । नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन् ।

सुझावित समाचार