वस्तुपरक बजेट ल्याएका छौँ : अर्थमन्त्री पुन

बुधबार, १६ जेठ, २०८१
डिजिटल संस्करण
वस्तुपरक बजेट ल्याएका छौँ : अर्थमन्त्री पुन

बुधबार आयोजित पोस्ट बजेट अन्तरक्रियामा अर्थमन्त्री वर्षमान पुन । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।

अर्थमन्त्री वर्षमान पुनले वस्तुपरक बजेट ल्याएको बताएका छन्। बुधबार पोस्ट बजेट अन्तर्क्रियाको क्रममा अर्थमन्त्री पुनले चालू आर्थिक वर्षको बजेट वस्तुपरक बनाउने प्रयास भएको बताएका हुन्।

विगतका वर्षमा ल्याइएका बजेट प्रक्षेपणहरू नमिलेको अवस्थालाई अध्ययन गरेर आगामी आर्थिक वर्षको बजेट वस्तुपरक बनाइएको उनको भनाइ छ।

पुनले आगामी बजेटले आमजनतामा आशा जगाएकोसमेत दाबी गरे। ‘बजेट सार्वजनिक हुनुअगाडि विभिन्न कारण दबाबमा थियौँ, आज रिल्याक्स मुडमा छौँ,’ उनले भने, ‘प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौँ।’ 

सुझावित समाचार