सुनसरीको इटहरीस्थित कलंकी चोकमा दुर्घटना हुँदा एक मोटरसाइकलमा आगालागी भएको छ । आगलागीबाट मोटरसाइकल जलेर पूर्ण रूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार कलंकी चोकमा पश्चिमतर्फबाट पूर्वतर्फ आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएका हुन् । कलंकी चोकबाट बसपार्कतर्फ मोडिन लागेको प्रदेश १–०२–०४३ प ६२५३ नम्बरको पल्सर बाइकलाई पछाडिबाट प्रदेश १–०४–००१ प ८७७६ को मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनापश्चात् आगलागी हुँदा पल्सर बाइक जलेर पूर्ण रूपमा नष्ट भएको छ भने चालकहरू सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।