कांग्रेस सांसदको डेरामा चोरी गर्ने चारजना पक्राउ

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)को डेरामा चोरी गरेको अभियोगमा चारजना पक्राउ परेका छन्। कलंकीस्थित थपलियाको डेरामा दसैँको विजयादशमीको दिनमा चोरी भएको थियो। 

डेरामा कोही नभएको अवस्थामा गहना तथा नगद चोरी भएको थियो। 

चोरीमा संलग्नहरू सबै भारतीय नागरिक छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विकास पोदार, राजु पोदार, राजेन्द्रकुमार र वीणा देवीलाई प्रहरीले चोरीका सामानसहित पक्राउ गरेको हो। 

उनीहरूले नै ५ कात्तिकमा कलंकीमै निरञ्जन नेपालको घरमा समेत चोरी गरेको एसपी रामेश्वर कार्कीले बताए। 

सुझावित समाचार