प्रधानमन्त्री प्रचण्डको सम्पत्ति १४ कट्ठा जमिन र २५ लाख बैंक ब्यालेन्स

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति १४ कट्ठा जमिन र २५ लाख बैंक ब्यालेन्स

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण बुझाएका छन्। 

तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले आफ्नो सम्पत्ति १४ कट्ठा जमिन र २५ लाख बैंक ब्यालेन्स भएको सम्पत्ति विवरण बुझाएका हुन्। 

उनले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार चितवनको भरतपुर नगरपालिका– १४ मा १४ कट्ठा जमिन र एभरेष्ट बैंक काठमाडौंमा नगद २५ लाख छ। यो सम्पत्तिलाई उनले पैतृक सम्पत्तिका रूपमा उल्लेख गरेका छन्।

सुझावित समाचार