प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा १ जेठमा संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकाेप्रति धन्यवाद ज्ञापन गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गरेकाे धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।
राष्ट्रपतिको सम्बोधनपछि प्रतिनिधिसभाबाट धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण निरन्तर प्रभावित भएको थियो।
त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए। प्रतिपक्षी दल कांग्रेसको वेल घेराउ र नाराबाजीबीच उक्त प्रस्ताव पारित भएको हो।