अभिकर्तालाई नेसनल लाइफको सम्मान

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

 नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रम गरी अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट हुन सफल कोशी र मधेश प्रदेशका करिब ८० जना अभिकर्तालाई सम्मान गरे ।

कार्यक्रममा नेसनल अवार्ड विजेता अभिकर्तालाई नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरिएको थियो । सम्मानपछि सिइओ खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखिएको बताए । 

त्यसैगरी, कम्पनीले भविष्यमा कोशी र मधेशबाहेक अन्य प्रदेशका बाँकी अभिकर्तालाई पनि सम्मान गरिने बताएको छ । 
 

सुझावित समाचार