ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच विद्युतीय सवारी (इभी) कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीअनुसार बैंकले सिमेक्स इंक तथा उक्त कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने बिवाइडी विद्युतीय सवारीसाधन खरिद गर्दा योग्य ग्राहकले तीन दिनभित्र सहजै सवारीसाधन कर्जा प्रवाह गर्नेछ ।
ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारीसाधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।