सन्दीपको मुद्दामा बहस सकियाे

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण
सन्दीपको मुद्दामा बहस सकियाे

तस्बिर : संजित परियार/नयाँ पत्रिका

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएकाे छ।  

उच्च अदालत पाटनमा बहस सकिएसँगै न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले घटना घटेकाे वेलाको सिसिटिभी फुटेज मगाएर हेर्न थालेकाे बताइएकाे छ।

आजै फैसला आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएकाे छ।अदालतपरिसर बाहिर सन्दीपलाई न्याय दे भन्दै सन्दीपका समर्थक जम्मा भएका छन्। 

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजाय सुनाएपछि सन्दीप यसको बदर माग गर्दै उच्च अदालत गएका हुन्।

सुझावित समाचार