दैलेखको दुल्लु नगरपालिका– ६ धाडाको जंगलमा भे.१त ८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेर घाइते भएका थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
आइतबार विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी दुल्लु नगरपालिका– ६ का ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्य दुईजना दुल्लु नगरपालिका– ६ खच्चेगैराका ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको उपचारका क्रममा सुर्खेतको कालागाउँ अस्पतालमा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनील दाहालका अनुसार घाइतेलाई तत्कालै थप उपचारका लागि सुर्खेत पठाइएको थियो । अन्य तीनजना घाइतेको पनि उपचार भइरहेको छ ।