जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमाले पनि बाहिरिने भएको छ। एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन्।
एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकास, प्रमोदकुमार जैसवाल शिक्षा तथा सँस्कृती, राजकुमार लेखी गृह, सञ्चार तथा कानून र शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री छन्। केशव राय र शारदा थापा राज्यमन्त्री छन् ।
शिक्षा तथा संस्कृतिमन्त्री जैसवाल जनकपुरबाहिर रहेको र आउन समय लाग्ने भएकाले राजीनामा बुझाउन ढिला भएको एमालेका सांसद हरिनारायण महतोले जानकारी दिए।
आजै माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामापत्र बुझाइसकेका छन्।