‘साना योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुन्छ’

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा संघीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत सीधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर संघीयतालाई थप सबल तुल्याइने बताएका छन् । 

शुक्रबार सल्यान दार्मा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले जाजरकोट भूकम्पका लाभग्राहीको आवास निर्माण, विद्युतीकरण, कृषि र पशुपालनको आधुनिकीकरण र व्यवसायीकरण, आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति, समानीकरण अनुदानलगायत कुरामा संघीय सरकारको गम्भीर ध्यान दिएको समेत बताए ।

दार्माको मुकाम फारुला छोएर रोल्पाबाट सल्यान, रुकुम–पश्चिमको चौरजहारी, जाजरकोट हुँदै जुम्ला जिल्लाबाट रारा जोड्ने सडकको कालोपत्रेका लागि सरकारको तर्फबाट आवश्यक पहल लिइने उनको भनाइ छ । त्यस्तै, दुग्ध सहकारीमार्फत दार्मालाई दुध पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अगाडि बढाउन संघीय सरकारको तर्फबाट सहयोग हुने उनले आश्वासन बाँडेका छन् ।

स्थानीय तहले संघीयताको असल अभ्यास गर्न सकेमा प्राकृतिक साधन–स्रोतको संरक्षण र बहुआयामिक परिचालन, ग्रामीण अर्थतन्त्रको सशक्तीकरण, सामाजिक सूचकहरूमा बढोत्तरीलगायत रणनीतिक महत्वका कामका साथै सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण काम गर्न सकेको उनले बताए ।

See More On

सुझावित समाचार