विद्यार्थीलाई समृद्धि फाइनान्सको स्टेसनरी सामग्री सहयोग

शुक्रबार, २८ बैशाख, २०८१
डिजिटल संस्करण

समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेसनरी वितरण गरेको छ । फाइनान्सले बुधबार औरहीको पिस जोन विद्यालयका एक सय २५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेको हो । 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाइनान्सले यसअघि बनेपा र मधुवन शाखाबाट विपन्नवर्गका ७० जना विद्यार्थीलाई स्टेसनरी वितरण गरिसकेको छ ।

साथै, वैशाख महिनाभित्र आफ्ना गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेसनरी वितरण सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

सुझावित समाचार