नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्ने गरी धमाधम काम भइरहेको छ। यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भने चारवटा निर्माणाधीन छन् ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजारनजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ । यी पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको उनले बताए ।
खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले धेरै समय लाग्ने भएको हो । इन्जिनियर आचार्य कात्तिक मसान्तसम्ममा तुइन खोलाको काम सकिने बताउँछन् । यो सडकखण्डमा १९ वटा पुल छन् ।
विश्व बैंकको ऋण सहयोगमा ती पुल निर्माण गरिएका हुन् । इन्जिनियर आचार्यका अनुसार सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत सडक ११ मिटर फराकिलो बनाइएको छ। तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो । विगतका वर्षहरूमा पहिरोको कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिला भएसँगै केही सहज हुँदै आएको छ ।
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
३ हप्ता अघि
सुझावित समाचार
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानीनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…