संसदीय छानबिन समिति गठनको मागमा कांग्रेस यथावत

बुधबार, २६ बैशाख, २०८१
डिजिटल संस्करण
संसदीय छानबिन समिति गठनको मागमा कांग्रेस यथावत

फाइल तस्बिर

नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको मागलाई बटमलाइन बनाउने निर्णय गरेको छ।

बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति गठनको मागमा यथावत रहने निर्णय गरेको कांग्रेस उपसभापति धनराज गुरुङले जानकारी दिए। बजेट अधिवेशन कसरी चलाउने भन्ने निर्णय सरकारकै हातमा रहेको उनको भनाइ छ।

‘सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ। अबको अधिवेशन सरकारले चलाउने गरी आउँछ या आउँदैन, त्यो सरकारकै हातमा छ। छानबिन समिति गठन गर्नैपर्ने अडानमा हामी कायम छौँ,’ गुरुङले भने।

सुझावित समाचार