काठमाडौं आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा

आइतबार, २३ बैशाख, २०८१
डिजिटल संस्करण
काठमाडौं आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा

तस्बिर : संजित परियार/नयाँ पत्रिका

जापानकी विदेशमन्त्री कामीकावा योको काठमाडौं आइपुगेकी छिन्। एकदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएकी विदेशमन्त्री कामीकावा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। 

कामीकावा माडागास्कार, आइभोरिकोस्ट, नाइजेरिया र फ्रान्स हुँदै श्रीलंकापछि नेपाल आएकी हुन् । उनले नेपालमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने र आजै टोकियो फर्किने कार्यक्रम छ।

सुझावित समाचार