वेस्ट इन्डिजलाई चौथो क्षति, बोहोराले लिए चेजको विकेट

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण
वेस्ट इन्डिजलाई चौथो क्षति, बोहोराले लिए चेजको विकेट

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

वेस्ट इन्डिज ‘ए’ले चौथो विकेटको रूपमा रस्तन चेजलाई गुमाएको छ। १३.३ ओाभरमा अविनाश बोहोराले चेजलाई सन्दीप जोराबाट क्याचआउट गराएका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १३.३ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले चार विकेटको क्षतिमा १०४ रन बनाएर खेलिरहेको छ।

यसअघि सागर ढकालले तीन विकेट लिएका थिए। उनले कादिम एलेन, जोनसन चार्ल्स र मार्क दयालको विकेट लिएका हुन्।

सुझावित समाचार