झापामा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

झापाको दमकमा १२ को परीक्षा दिएका फर्केकी छात्रा गोली प्रहार आक्रमणमा परी घाइते भएकी छिन्। 

अज्ञात व्यक्तिको गोली प्रहारबाट उदयपुर  स्थायी घर भई दमकमा अध्ययनरत १८ वर्षीया एमिका अधिकारीमाथि गोली प्रहार भएको हो।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरीले जनाएको छ। 

गोली प्रहारपछि आक्रमणकारी फरार छन् उनको खोजी गरिरहेको छ। घाइते अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालको आइसियूमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनी खतरामुक्त छिन्। 
 

See More On

सुझावित समाचार