बागमतीमा सर्वदलीय बैठक सुरु, समितिका सभापतिको टुंगो लगाउने

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सभाको सर्वदलीय बैठक शुक्रबार दिउँसोबाट हेटौँडामा सुरु भएको छ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा बसेकाे सर्वदलीय बैठकले प्रदेश सभामा रहेका संसदीय समितिहरूको सभापतिको टुंगो लगाउने बताइएको छ।

प्रदेश सभा सचिवालय हेटौँडामा सुरु भएको सर्वदलीय बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये ६ दलको उपस्थिति छ। 

प्रदेश सभा तीनजना सांसद रहेको नेमकिपा भने सर्वदलीय बैठकमा अनुपस्थित छ। त्यसबाहेक कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका दलका नेता एवं प्रमुख सचतेक र सचेतकहरूको उपस्थिति छ।

बैठकले बजेट अधिवेशन आह्वान तथा संसदीय समितिमा रिक्त रहेको सभापतिको भागबन्डा र नेतृत्व टुंग्याउने बताइएको छ। प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको डेढ वर्षभन्दा बढी हुँदासमेत संसदीय समितिको नेतृत्व चयन हुन सकेको छैन। 

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजको बैठकले समितिका सभापतिहरूको भागबन्डा र नेतृत्व टुंग्याउने दाबी गरेका छन्।
 

सुझावित समाचार