पत्रकार महासंघको २७औँ महाधिवेशन प्रारम्भ

प्रधानमन्त्री प्रचण्डद्वारा महासंघको अधिवेशन उद्घाटन

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् ।

यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको छ । महासंघको २७औँ अधिवेशनसमेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्ति बाटिकाबाट सुरु भई भृकुटीमण्डपस्थित अधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरूको सहभागिता थियो । प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाललगायत संघसंगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।  

अधिवेशन शुक्रबार र शनिबार दुई दिन चल्नेछ । 

सुझावित समाचार