बझाङमा हजार भाेट गन्न बाँकी, एमाले ३४२ मतले अगाडि

सोमबार, १७ बैशाख, २०८१
डिजिटल संस्करण

बझाङमा करिब एक हजार भाेट गन्न बाँकी हुँदा एमालेका दमन भण्डारीले तीन सय ४२ मतकाे अग्रता लिएका छन्।

उनले ११ हजार एक सय तीन मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले १० हजार सात सय ६१ मत ल्याएका छन्। तेस्राे स्थानमा रहेका माओवादीका जनक बुढाले तीन हजार सात सय ९७ मत ल्याएका छन्। 

अब साइपाल गाउँपालिकाको पाँचवटा वडाकाे एक हजारजति मतगणना गर्न बाँकी छ। साईपाल गाउँपालिका लगातार दुईपटक एमालेले जितेकाे पालिका हाे।

सुझावित समाचार