काठमाडौं/ ६८ केजी चाँदीसहित काठमाडौंमा एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतको रक्सौल घर भएका १९ वर्षीय अमन सर्राफलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार थानकोटबाट पक्राउ गरेको हो।
उनको साथबाट ६९ केजी २४४ ग्रामबराबरको विभिन्न प्रकारका चाँदीका गरगहना फेला परेको र त्यसको बिल नभएकाले अवैध रहेको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए। उनलाई थप कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
बरामद चाँदीको मूल्य करिब दुई करोड ३२ रहेको छ।