काठमाडौं/ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशनमा डा. रामप्रसाद घिमिरे नियुक्त भएका छन्। उनी पूर्वसचिव हुन्।
सरकारले खुला प्रतिस्पर्धाबाट प्रतिष्ठानमा नियुक्ति गरेको हो । ९ असारमा आवेदन माग गरिएकोमा नौजनाको आवेदन परेको थियो । त्यसमध्ये डा. घिमिरेसहित गोकर्णमणि दुवाडी, डिल्लीराम शर्मा र बाबुराम अधिकारी तथा अञ्जु मिश्र सर्टलिस्टमा परेका थिए। उनीहरूमध्ये तीनजना मन्त्रिपरिषदमा सिफारिसमा सिफारिस भएका डा. घिमिरे नियुक्त भएका हुन्।