नीरजले जिते सूर्य नेपाल काठमाडौं

शनिबार, १५ बैशाख, २०८१
डिजिटल संस्करण

नीरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा आठ अन्डर दुई सय ६४ को स्कोर गरी करिअरकै पहिलो उपाधिका रूपमा सूर्य नेपाल काठमाडौं ओपन जितेका छन् । प्रतियोगिताको अघिल्लो दिन ६ स्ट्रोकको दरिलो अग्रता लिएका भुवन नगरकोटीलाई नीरजले एक स्ट्रोकले हराउँदै उपाधि जितेका हुन् । उनले एक लाख २० हजार रुपैयाँ पाएका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिताको अन्तिम दिन धरानका प्रोफेसनल नीरजले आठ अन्डर ६० स्कोरको  सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरेका हुन् । शिवरामले सन् २०१५ मा एनपिजिए प्रेसिडेन्ट्स कपमा आठ अन्डर गरेका थिए । लगातार तीन दिन शीर्ष स्थानमा रहेका भुवनभन्दा नीरज सात स्ट्रोकले पछि थिए । अन्तिम १८ होलको सुरुवातमा भुवनसँग दिनेश प्रजापतिविरुद्ध ६ स्ट्रोकको फराकिलो अग्रता थियो ।

तर, भुवनले इभन पार ६८ स्कोर गर्दै समग्रमा सात अन्डर दुई सय ६५ स्कोरसहित दोस्रो स्थानमा चित्त बुझाए । उनले ८२ हजार रुपैयाँ प्राप्त गरे । चार अन्डर ६४ स्कोरका साथ तेस्रो स्थानमा रहेका जयराम श्रेष्ठले ६६ हजार रुपैयाँ पाए । समग्रमा इभन पार दुई सय ७२ स्कोर गरेका तोरणविक्रम शाही चौथो भए । समग्रमा दुई ओभर दुई सय ७४ स्कोरसहित पाँचौँ भएका धनबहादुर थापाले ४५ हजार रुपैयाँ पाएका छन् । 

See More On

सुझावित समाचार