कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

बिहिबार, १३ बैशाख, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्।

प्रदेश सभाका ४० सदस्यमध्ये २३ जनाले मुख्यमन्त्री कँडेलको पक्षमा मत दिएका हुन्। उनको विपक्षमा ९ मत र तटस्थमा एक मत परेको छ।

मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।

सुझावित समाचार