गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वाेच्चकाे आदेश

प्रदेश सरकारको वैधानिकता विवाद निरुपण गर्न १० वैशाखमा अर्काे पेसी

बुधबार, २८ चैत, २०८०
डिजिटल संस्करण

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएकाे छ। 

निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माकाे इजलासले अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएकाे हाे। 

साथै, सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरूपण गर्नुपर्ने भएकाले अर्काे पेसी १० वैशाख २०८१ मा ताेकेकाे छ। 

सुझावित समाचार