सल्यानमा २३ हजार हेक्टर जमिनमा सिँचाइ अभाव

शनिबार, २४ चैत, २०८०
डिजिटल संस्करण

खेतीयोग्य जमिनमध्ये अझै २३ हजार दुई सय २६ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्न नसकेको कृषि ज्ञानकेन्द्रको भनाइ

सल्यानमा कुल खेतीयोग्य जमिन ४५ हजार पाँच सय ६७ हेक्टर रहेको छ । त्यसमध्ये ३८ हजार नौ सय २६ हेक्टरमा खेती भइरहेको छ भने ६ हजार ६ सय ४२ हेक्टर खेतीयोग्य जमिन बाँझै छ । 

जिल्लामा सात हजार नौ सय ९७ हेक्टर जमिनमा बाह्रै महिना र सात हजार सात सय तीन हेक्टरमा मौसमी रूपमा मात्र सिँचाइ पुगेको कृषि ज्ञानकेन्द्र, सल्यानले जनाएको छ ।

जिल्लामा खेतीयोग्य जमिनमध्ये अझै २३ हजार दुई सय २६ हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्न नसकेको कार्यालयका निमित्त प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यस वर्ष एक सय ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याउने लक्ष्यसहित सात करोड २४ लाख रुपैयाँमा ८८ वटा सिँचाइ योजना सञ्चालनमा रहेका छन् । 

सिँचाइ सुविधा नभएका कारण धेरैजसो किसानले आकासे पानीका भरमा वर्षायाममा मात्र खेती गर्ने गरेका छन् । भिरालो जमिनमा ओसिलोपन नहुँदा लगाएको सबै अन्नबाली सुक्ने भन्दै हिउँदमा किसानले खेतबारी बाँझै छाड्ने गरेका छन् । 

See More On

सुझावित समाचार