रारा जाने सडकमा १० वटा पक्की पुल बन्दै

नाग्म–गमगढी सडकको विभिन्न खोलामा पुल विभागको ३२ करोड ६८ लाख ९२ हजार लगानीमा पुल निर्माण हुँदै

शनिबार, १७ चैत, २०८०
डिजिटल संस्करण

प्रसिद्ध पर्यटकीय नगरी राराताल जोड्ने कर्णाली राजमार्गको नाग्म–गमगढी सडकमा १० वटा पक्की पुल निर्माण हुँदै छन् । डिभिजन सडक कार्यालय जुम्लाको पहल र पुल विभागको लगानीमा ठेक्का आह्वान भई पुल निर्माण थालिएको हो ।नाग्म–गमगढी सडकको विभिन्न खोलामा पुल विभागको ३२ करोड ६८ लाख ९२ हजार लगानीमा १० वटा पक्की पुल निर्माण भइरहेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

यद्यपि, १० वटा पुलमध्ये चारवटाको निर्माण कार्य अझै सुरु हुन सकेको छैन भने ६ वटाको निर्माण कार्य भइरहेको छ । कार्यालयका सूचना अधिकारी चित्र चौलागाईंका अनुसार नाग्म–गमगढी सडकको प्रवेशद्वारमै जग्गाको मुआब्जा विवादले पुल निर्माण अघि बढ्न सकेको छैन ।९ फागुन ०७८ मा ठेक्का सम्झौता भई ८ भदौ ०८२ मा सम्पन्न गर्नुपर्ने भए पनि चारवटा पुलको काम सुरु नहुँदा निर्धारित समयमा पुल निर्माण नहुने आशंका बढेको छ ।

हिम सगरमाथा कन्स्ट्रक्सन’ प्रालि भरतपुर–१०, चितवनले १० वटै पक्की पुलको ठेक्का पाएको छ । मौसमी प्रतिकूलता, जनशक्ति, निर्माण सामग्री, बजेटको अभाव तथा कठिन भूगोलबीच पनि निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ ।बाँकी चारवटा पुलको कामलाई पछि अघि बढाउने र निर्धारित समयमै १० वटै पुलको काम सम्पन्न गर्ने कम्पनीको दाबी छ । 

See More On

सुझावित समाचार