काठमाडौंबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँचजनाको परिचय खुलेको छ। दुर्घटनापछि एकजना बेपत्ता छन्।
प्रहरीका अनुसार ट्याक्सीचालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ। अठार वर्षीय दिवस रोकाय बेपत्ता छन्।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीनवटा गाडीमा फर्किँदै गर्दा दुर्घटना भएको हो। अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरूले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए। खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए।
आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक उक्त दुर्घटना भएको हो।
ट्याक्सी दुर्घटनाका मृतकको सनाखत
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
दसैँ नजिकिँदा खरानी टकटक्याउँदै दोभानका अग्निपीडित
पीडित परिवार आफन्त र छिमेकीको आश्रयमा, गुमेको सम्पत्ति र व्यवसाय पुनर्स्थापना कसरी गर्ने भन्ने चिन्ता ताप्लेजुङ/ताप्ले…
दसैँ खर्च पाएपछि चौदण्डीगढीको मुसहर बस्तीमा खुसी
उदयपुर/दसैँमा मिठोमसिनो खाने र बालबच्चालाई नयाँ लुगा किन्ने रहर सबैलाई हुन्छ । तर, दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने उदय…
सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्ने
कांग्रेसमा विशेषकै वर्चस्व
महामन्त्री गुरुराज घिमिरेबाहेक सभापति, उपसभापति र महामन्त्रीमा विशेष महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी अनुमोदित, सहमहा…
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
पूजामा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बेच्न प्रतिबन्ध स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पूजा, होम, हवन…
केवाइसी अपडेट गर्ने बहानामा ओटिपी मागेर ४९ लाखभन्दा बढी ठगी
रौतहट/ बैंक तथा इ–सेवाको कर्मचारी हुँ भन्दै अनलाइनबाट केवाइसी अपडेट गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट ४९ लाख ८७ हजार …